असोज २४ काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट थप १४ जनाको ज्यान गएको छ । यो सहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ । घर घरमा कोरोना संक्रमितहरु भेटिइरहँदा पनि सरकार भने कोरोना नियन्त्रणमा त्यति उत्तरदायी बन्न सकेको छैन ।
केवल स्वास्थय मन्त्रालयका कर्मचारीहरु र चिकित्सकहरुको खटाईबाट मात्र केही हदसम्मको नियन्त्रण हुँदा स्वास्थ्यमन्त्री भन्ने पदमा रहेका ब्यक्ति कुन संसारमा के गरेर बसेका छन् नागरिकलाई अत्तोपत्तो छैन ।
त्यस्तै आज ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् भने होम इसोलेसनमा १७१६४ गरेर देशभर सक्रिय संक्रमित ३० हजार ८१८ जना सक्रिय संक्रमित पुगेका छन् ।
मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ तथा भक्तपुरमा २ सय ३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७४ हजार २ सय ५२ जनाले कोरोनालाई जितेका छन् ।
