शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

भारतको सीमामा चीनले ६० हजार सैनिक खटायो : पोम्पिओ

असोज २४ काठमाडौं ।अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनले भारतको उत्तरी सिमामा ६० हजार सैनिक तैनाथ गरेको बताएका छन्।हालै जापानको टोकियोमा आयोजित कार्यक्रमबाट फर्किएका पोम्पिआको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

भारत र चीनबीच पछिल्लो समय सीमा विवादलाई लिएर तनाव चुलिएको छ। दुवै देशले सीमामा हतियार तथा सैनिकको संख्या बढाएको खबर सार्वजनिक भइरहेका छन्।पोम्पिओ केहि दिन अघि जापानको टोकियोमा आयोजित क्वाड समुहका देशहरू भारत, जापान र अष्ट्रेलियाका समकक्षीहरूसँगको बैठकमा भाग लिएका थिए।

क्वाड समुहमा भारत, जापान, अस्ट्रेलिया र अमेरिका सम्मिलित छन्।उक्त बैठकमा अमेरिकाले चीनको खतराविरुद्ध आफूहरु एक हुनुपर्ने बताएको थियो। टोकियोबाट फर्केपछि पोम्पिओले एक अन्तरवार्तामा चीनले भारतीय सीमामा ६० हजार सैनिक खटाएको बताएका हु।

पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी विश्वका लागि खतरा भएको पनि बताएका छन्।कोरोना महामारी सुरु भएयता क्वाड देशका विदेश मन्त्रीहरूबीच पहिलो पटक मंगलबार टोकियोमा छलफल भएको थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *