शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

२ लाखको बोयर बोको, सबैलाई मार्दै हिड्ने बोकाको तौलनै एक सय किलो (भिडियो)

असोज २४ काठमाडौं । शिवराज पुरीले पछिल्ला २ बर्षदेखि व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका छन् । उनको खारमा अहिले १ सय बढी बाख्रा छन् । उनको व्यवसायलाइ २ छोराले साथ दिइरहेका छन् । उनको खोरमा बोयर जातका तीनवटा ठुलाठुला बोका छन् ।

तीन बोका मध्ये सबैभन्दा ठुलो बोकाको नाम ‘धुम्मे’ हो । शिवराजका अनुसार धुम्मेको तौल लगभग एक सय किलो छ । ‘पहिला जोख्दा एक सय किलो भन्दा धेरै थियो’ शिवराजले भने, ‘अहिले त समातेर जोख्नै सकिदैन ।’

धुम्मे निकै रिसाहा स्वभावको छ । उसले आफ्नो मालिक बाहेक सबैलाई मार्छ । ‘बाहिरको मान्छे त देख्नै सक्दैन’ शिवराजले भने, ‘उसलाइ रिस उठ्यो भने मलाइ समेत छोड्दैन ।’ यो ७५ प्रतिशत बोयर जातको बोको हो । शिवराजले धुम्मेको मुल्य २ लाख रुपैयाँ तोकेका छन् ।

अहिले बोयर जातको बाख्रा पालन तर्फ नेपालमा किसानहरुको आकर्षण बढ्दै गएको छ । शिवराजले पनि बोयर जातको धुम्मे बोको किनेर स्थानीय जातका माउ बाख्रामा क्रस गराउँदै आएका छन् । अहिले धुम्मे जस्तै उनको खोरमा अन्य २ वटा बोका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *