आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

असोज २४ काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखेर उपचार थालिएको छ ।कोरोना संक्रमित भएको चौथो दिनमा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गएरातिदेखि आइसीयूमा सारेर उपचार थालिएको छ । उनी हाल उपचारकको क्रममा बीर अस्पताल छिन् ।

उनले पहिल्यैबाट श्वास फेर्न गाह्रो भएको बताउँदै आएकी थिइन् । सांसद चौधरीले सामाजिक सञ्जालबाट फोन नगरिदिन आग्रह समेत गरेकी छन् ।उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *