आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

एक लाख घुससहित पक्राउ परेकी सहायक रजिस्ट्रारलाई चार महिना कैद

असोज २४ काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थी पनि दोषी ठहर भएकी छिन् । उनलाई विशेष अदालतले चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

२३ माघ ०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । काठमाडौंको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् ।

सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *