शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

असोज २३ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३-० को जित दर्ता गरेको हो ।

डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन् । उनले २६ औँ मिनेटमा गोल गरे । सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् ।इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन् ।

बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *