असोज १६ काठमाडौं । निकै नै लोकप्रिय कार्यक्रम इन्डियन आइडल को सिजन १२ सुरु भएको छ ।विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसले गर्दा अडिसन राउण्ड डिजिटल प्रविधिबाट आयोजित भएको थियो । सोनी लाइभ एपबाट आफुले गाएको गित अपलोड गर्ने व्यवस्था थियो जस अनुसार छनोट भएका प्रतियोगीहरुलाई दोस्रो राउण्डको लाति मुम्बई ल्याइसकीएकोे छ ।
प्रतियोगीहरुलाई केही दिन क्वारेन्टिनमा राखेपछि सुटिङको लागि सहभागी गराउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस सोमा निणार्यकहरुमा भने हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड रहेका छन् ।
अक्टोवर १ बाट सुरु भएको १२ औं सिजको इन्डियन आइडलमा प्रतियोगीहरुको जोश बढाउन लाइभ दर्शक भने हुने छैनन् ।
