आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुनका गहना सहित युवा युवती पक्राउ

असोज १६ कपिलवस्तु । मायादेवी गाउँपालिका–७ वनकसियाबाट ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मायादेवी गाउँपालिका–४ बस्ने ३२ वर्षीय पवन कुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु.५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी मोटरसाइकल चालक गुप्ता र मोटरसाइकलमा सवार किशोरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *