शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

उपत्यकामा १६३८ संक्रमित थपिए

असोज १६ काठमाडौं । उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् ।त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन् । जसमा ८० महिला र ११६ पुरुष छन् ।

ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *