आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

असोज १६ काठमाडौं । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ ।स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ ।

अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *