आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मूल्य घट्यो डिजेल र मट्टितेलको

असोज १५ काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको जनाएको छ । निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने छ ।

दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ।पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमका अनुसार रतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *