बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

क्यानद्वारा खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । गत असोज ६ मा बोर्ड बैठकले खेलाडीहरुको करारको लागि १८ पुरुष र १९ महिला खेलाडीहरुलाई बिभिन्न श्रेणीमा वर्गीकरण गरेको थियो । उक्त वर्गीकरण त्रुटी भएको भन्दै क्रिकेट खेलाडी, क्रिकेट बिश्लेषक तथा बिभिन्न ठाउहरुबाट आवाज उठेको थियो । चारैतिरबाट दबाब आएपछि अन्त्यमा क्यानले वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।

क्यानले बिहीवार जारी गरेको बिज्ञप्तीमा वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीहरुको नाम छुटेको तथा र वर्गीकरणमा न्यायोचित नभएको भन्दै खेलाडीहरुको गुनासो आएको जनाएको छ । तसर्थ क्यानले पुनः वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष टोलीका कप्तान, उपकप्तान र प्रशिक्षकहरुसँग छलफल गरि सुझाव सहितको प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नको लागि आग्रह गरेको बिज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *