आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पूर्वअर्थमन्त्री डा खतिवडा अमेरिकाको राजदूतमा नियुक्त, बैरागी मुख्यसचिव : मन्त्रिपरिषद्को निर्णय

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको फेरी भाग्य चम्कियो, ओलीले अमेरिकाको राजदूत नै बनाइदिए, मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री डा।युवराज खतिवडाको फेरी भाग्य चम्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छेका रुपमा चिनिएका डा। खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई राजदूतमा नियुक्त गरेको हो ।

त्यस्तै सरकारले केही दिनअघि मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ भने नयाँ मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । उनी परराष्ट्र सचिव थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *