शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि

असोज १४ काठमाडौं । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो ।

‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ,’ सचिवालयले ट्विटमार्फत भनेको छ ।

साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *