असोज १४ काठमाडौं ।तरुण दल काभ्रेका सभापति दावा लामा अहिले समाजसेवामा अग्रपंक्तिमा देखापरेका छन।सोही क्रममा उनले आर्थिक अवस्था कमजोर भएका बिरामी बालकका परिवारलाई उपचारका लागी आर्थिक सहयोग गरेका छन ।
उनको पहलमा बिगत ५ महिना देखि ब्लड क्यान्सरले थला परिरहेका काभ्रे पाँचखालका आशिष् दोङको ३ बर्षिय छोरा आरुस दोङलाई आर्थिक सहयोग गर्ने उदेश्यले नेपाली काङ्ग्रेसका काभ्रेका जनप्रतिनिधिहरु जिल्ला सदस्य अर्जुन सापकोटा, क्षेत्रिय उपसभापती बेल लामा, भुम्लु गाउँपालिका का जिल्ला सदस्य तस्बिर लामा ,क्षेत्रीय सदस्य सान बहादुर तामाङ, थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामा, समाजसेबी हस्त बहादुर लामा, ओम लामा लगायतले ६७ हजार एक सय दस रुपैया संकलन गरि बिरामीको घरमै पुगी उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
