बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अभिनेत्री पायल घोषलाई ज्यानको खतरा, वाइ श्रेणीको सुरक्षाको माग

 बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’

पायलले सोमबार राज्यसभा सदस्य रामदार अठावलेसँग एक पत्रकार सम्मेलन गरेकी थिइन् । त्यहाँ उनले अनुराग कश्यपमाथि आरोप लगाएपछि आफूलाई ज्यानको खतरा भएको बताएकी थिइन् । आज पायल यही विषयमा कुरा गर्न महाराष्ट्रका गभर्नरलाई भेट्न गएकी थिइन् । अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी पायलले पुलिसले यस विषयमा कारवाही अगाडि नबढाएको भन्दै हिजो बर्सोवा पुलिस स्टेशन गएकी थिइन् । उनले पुलिसले कारवाही नगरे अनसन बस्ने चेतावनी पनि दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *