आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अर्बपति ट्रम्पको आय कर ‘७५० डलर’ मात्रै

असोज १२ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ। राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ ।

ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ ।

सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ ।

ट्रम्पले न्यूर्योक टाइम्सको खबरलाई ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका छन्, ‘वास्तवमा मैले तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि देख्नु हुनेछ ।’

राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीको कर सम्बन्धी जानकारीहरुको आफूहरुले अध्ययन गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।उनका कम्पनीको सन् १९९० यताको कर सम्बन्धी विवरण अध्ययन गरेको पत्रिकाले जनाएको छ।

यस्तै सन् २०१६ र २०१७ को उनको व्यक्तिगत कर विवरण पनि अध्ययन गरेको जनाइएको छ। पत्रिकाले दाबी गरे अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७५० अमेरिकी डलर कर तिरेका थिए।ट्रम्प अर्गनाइजेशनले पनि पत्रिकामा गरिएको दाबी खारेज गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *