बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

महिला क्रिकेटर एलिसाले तोडिन् धोनीको विश्व रेकर्ड !

असोज ११ काठमाडौं । अस्ट्रेलियाली महिला क्रिकेट टीम अहिले आफ्नै देशमा न्यूजिल्याण्डविरुद्ध टी २० इन्टरनेशनल सीरिज खेलिरहेको छ । तीन म्याचको सीरीजको दोश्रो म्याचमा अस्ट्रेलियाले जित हासिल गरेको छ ।

अस्ट्रेलियाले १६.४ ओभरमा २ विकेट गुमाउँदै १२९ रन बनाएर ८ विकेटको जीत निकालेको हो । आईतवार ब्रिस्बेनको एलन बोर्डर फील्डमा खेलिएको म्याचमा अस्ट्रेलियाली विकेट किपर एलिसा हीलीले विश्व रेकर्ड बनाएकी छन् ।

🚨 Stat alert 🚨

Alyssa Healy has surpassed MS Dhoni’s record of most dismissals by a wicket-keeper in T20Is 🔥

Healy ▶️ 92
Dhoni ▶️ 91#AUSvNZ pic.twitter.com/7OrqmR0vAo

— ICC (@ICC) September 27, 2020

३० वर्षकी एलिसाले यस म्याचमा म्याच विकेट पछाडि २ जनालाई आउट गरेर भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको टी २० इन्टरनेशनल क्रिकेटमा सर्वाधिक आउट गराएको रेकर्ड तोडेकी हुन् ।

धोनीले विकेट किपिङ गरेर ९१ जनालाई आउट गराएका छन् । जसमा ५७ क्याच र ३४ स्टम्पिङ सामेल छन् । हीलीले कीवी क्रिकेटर लोरेन डनको क्याच समातेर धोनीको कीर्तिमानी तोडेकी हुन् ।

Georgia Wareham picks up her third wicket at AB Field!

NZ 6-99 after 15: https://t.co/7UuwK2DVHE #AUSvNZ pic.twitter.com/2mW8qaTU44

— Australian Women’s Cricket Team 🏏 (@AusWomenCricket) September 27, 2020

उनले ९२ जनालाई आउट गराएकी छन् । जसमा ४२ क्याच र ५० स्टम्प छन् । इंग्ल्याण्डकी सारा टेलर ७४ आउट गराउँदै दोश्रो स्थानमा छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *