आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

बढ्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *