काठमाडौं– कोरोना भाइरसको महामारी, त्रास र पीडाका बीच गाईजात्रा विशेष कार्यक्रम आगामी साउन १५ गतेदेखि सञ्चालन हुने भएको छ ।

कोरोना भाइरसको त्रासका कारण यो वर्ष विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत c आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ ।

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट यो वर्ष गाईजात्रा कार्यक्रम प्रसारण गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिनुभयो । कलाकार मनोज गजुरेलका विभिन्न प्रस्तुतीमध्ये विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससको नक्कलको टिजर सार्वजनिक भई सकेको छ ।

महामारीबाट अन्योलग्रस्त र त्रसित भएका मनहरुलाई हौसला र उत्पे्ररणा दिने प्रयासस्वरुप कार्यक्रम गर्न लागि भएको कलाकार गजुरेल बताउँछन् ।कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रसहितका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

त्यसैगरी कार्यक्रममा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की आदिका प्रस्तुति पनि हेर्न सकिने आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here