काठमाडौंः तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । 

आज सोमबारको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा उनले यस्तो बताएका हुन् । उनले भारतले सिमा क्षेत्रमा सडकरुपी बाँध बनाएका कारण नेपालको तराईं क्षेत्र डुवानमा परेको बताएका छन् । साथै, भारतले गरेको यस्तो गतिविधि हस्तक्षेप रहेको उनले बताएका थिए ।

भारतले गरेको यो कामलाई राजनितिक रुपभन्दा बढि नेपाल माथिको हस्तक्षेप भएको बादलले बताए । उनले भारतले आफ्नो हित मात्रै हेरेर नेपाललाई वेवास्था गरेको बताएका छन् । उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आउँदा यससम्बन्धी सम्झौता भएका थिए ।तर, भारतले सम्झौता अनुसार गरेन् ।’

भारतले सिमा क्षेत्रमा बाँध बनाएको र संरचना हटाउन नेपालले पहल गर्दा पनि सार्थक नभएको उनले बताए । उनले नेपाली सिमामा भारतले बनाएको सडक र बाँध हटाउन पहल पनि गर्न सरकारलाई निर्देशन समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here