२८ असार, काठमाडौंः नेपाल सरकारले भारतीय सञ्चारमाध्यमका प्रसारण भएका समाचारलाई लिएर तत्काल कदम चाल्न कुटनितिक नोट पठाएको छ ।

केही समययता भारतीय टेलिभिजन तथा अन्य सञ्चारमाध्यमले नेपाल र नेपालको विषयमा विभिन्न अतिरञ्जित र आपत्तिजनक सामग्री प्रसारण गरिरहेका थिए । यहि विषयलाई लिएर नेपाल सरकारले कुटनितिक नोट पठाएको छ ।

उक्त नोटमा भारतका केही सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here