मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चान तथा उनका छोरा अभिनेता अभिषेक बच्चन कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना भैरहेको अवस्थामा अभिषेककी धर्मपत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नवभारत टाइम्सका अनुसार हिजो ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । तर आज उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

अमिताभ बच्चन र अभिषेक बच्चनपछि अहिले ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उता अभिनेता अनुपम खेरको परिवारमा समेत चार जनालाई कोरोना पोजेटिभ पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here