Bike Accidents

बुटवल–रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नं ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको हो। कपिलवस्तुबाट बुटवलतर्फ आउंदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दिउसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा नं १ का ५० वर्षिय टेकबहादुर परियार र ३० वर्षिय सन्तोष परियारको मृत्यु भएको हो। मृतक दुवैजना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here