काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा सलह किरा भेटिएको छ ।

गाउँपालिकामा आज दिउँसो सलह किरा देखिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सलह किरा भेटिएको हो ।

सलह किराको समूहले गाउँपालिकामा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

गाउँपालिकामा सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । सलह किरा भित्रिएसँगै यकिन विवरण संकलन गर्न गाउँपालिका जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here