suprime court nepal

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ। अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित जवाफसहित बाटोको म्याद बाहेक १५ दिनभित्र उपस्थित हुन भनेको हो।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक सरोकारको विषयअन्तरगत दायर भइ सरकारलाई भएका आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले सर्वोच्चमा प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका थिए।

कोभिड–१९ का कारण सर्वोच्च अदालतले नियममित कार्य नगरेपछि लक डाउनभर त्यसम्बन्धी विषयमा भने सुनुवाइ गरेको थियो। सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ, ‘उल्लिखित साट वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ? ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन, दिइएको हो वा होइन? तत्ससम्बन्धमा के कसो भएको हो?

निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र अदालतमा आफैँ उपस्थित भइ वा आफ्नो कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु…।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here